नेपाली क्रिकेट टिमका नयाँ कप्तान ज्ञानेन्द्र मल्ललाई प्रधानमन्त्री केपी ओलीले बधाई दिएका छन् ।
ओलीले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत मल्ललाई बधाई दिएका हुन् । करिब १० वर्ष कप्तानको भूमिकाबाट पारस खड्काले राजीनामा दिएपछि मल्लले कप्तानको जिम्मेवारी पाएका हुन् ।
'नेपाली क्रिकेट टोलीको कप्तान छानिनुभएकोमा ज्ञानेन्द्र मल्ललाई हार्दिक बधाई दिन चाहन्छु,' प्रधानमन्त्री ओलीले लेखेका छन्, 'उहाँको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने विश्वाससहित शुभकामना व्यक्त गर्दछु ।'