इरानमा हुने यू–१९ एएफसी च्याम्पियनसीप २०२० को छनोट खेलका लागि नेपालको ३१ सदस्यीय टिम घोषणा गरेको छ।
नेपाली टिमका प्रशिक्षक मेघराज केसीले ४८ जनाबाट आज ३१ जनाको सूची सार्वजनिक गरेका हुन्। समूह डी मा नेपालसहित युएई, इरान र काजकिस्तान रहेका छन्।
३१ सदस्यीय खेलाडीको सूची
गोलकिपरः विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पूजन होना।
डिफेन्डरः विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, अन्जल महर्जन, नविन गुरुङ, रोशन दोङ, विकाश खवास, योगेश गुरुङ, विजयी श्रेष्ठ, निराजन महर्जन।
मिडफिल्डरः दर्शन गुरुङ, शिशिर लेखी, रोशन रानामगर, रन्जन पुन, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, नितिन थापा, अनिल महर्जन र दिनेश हेमजन।
फरवार्डः बृजेश चौधरी, निरज चौधरी, मनिष डाँगी, राजिब लोप्चन, रेजिन सुब्बा र दीपेश आलेमगर।