आगामी अक्टोबर २६ हुने तय भएको बार्सिलोना र रियल मड्रिडबीचको एल क्लासिको खेल स्थगित भएको छ।
क्याटलोनियामा राजनीतिक अस्थिरताको कारण देखाउँदै स्पेनिस फुटबल महासंघले बार्सिलोनाको घरेलु मैदान नाउ क्यापमा हुने खेल स्थगित गरेको हो। महासंघले क्याटलोनियाको तनावका कारण एल क्लासिको खेल रियल मड्रिडको मैदानमा सार्न प्रस्ताव गरेको थियो।
तर दुबै क्लवले सो प्रस्ताव अस्विकार गरेपछि महासंघले खेल स्थगित गरेको हो। खेल डिसेम्बर अठार मा गर्नका लागि प्रस्ताव गरिएको छ। स्पेनिस ला लिगामा रियल मड्रिड अठार अंक सहित शीर्ष स्थानमा छ।
बार्सिलोनाले सोह्र अंक सहित रियललाई पछ्याईरहेको छ। स्पेनवाट क्याटलोनिया छुट्टिनुपर्ने माग राख्ने नेताहरुलाई जेल सजाय भएपछि क्याटलोनियामा सरकार विरोधी प्रदर्शन चर्किएको छ। सो क्रममा बिहीबार आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो।