नेपाली क्रिकेट टिमका सदस्य लेगस्पिनर सन्दीप लामिछाने एकै पटक २ वटा विदेशी लिगमा आवद्ध भएका छन् ।
गएराति दुवई र इंग्ल्याण्डमा भएका ड्राफ्टबाट सन्दीप टिममा आवद्ध भएका हुन् । सन्दीपलाई दुबईमा आयोजना हुने टी–१० लिगमा कर्नाटका टसकसमा ४५ हजार अमेरिकी डलरमा आवद्ध भएका हुन् ।
टी १० मा उनी गत संस्करणमा केरला नाइट्सबाट खेलेका थिए ।
यस्तै गएराति नै द हन्ड्रेड क्रिकेटका लागि भएको ड्राफ्टबाट बर्मिङघममा आवद्ध भएका छन् । इंग्ल्याण्ड र वेल्समा आयोजना हुने द हन्ड्रेड प्रतियोगिताका लागि सन्दीप १ लाख पाउण्डमा आवद्ध भएका हुन् ।