सन् २०२२ मा हुने कतार विश्वकपका लागि नेपाली टिम अहिले छनोट खेल्दै छ। फिफा वरियतामा एसियाको टप ३४ भित्र अटाएपछि सिधै दोस्रो चरणको छनोट खेलिरहेको नेपालले ‘अबे’ खेल अन्तर्गत अन्तिम खेलमा आज जोडनसँग प्रतिस्पर्धा गर्दैछ।
त्यसका लागि नेपाली टिम यतिबेला जोर्डनमा छ। अस्ट्रेलियासँग क्यानबेरामा खेलेको नेपाली फुटबल टिम उतैबाट सिधै जोर्डन गएको हो। नेपालले पहिलो खेलमा कुवेतसँग खेल्दा सात–शुन्यले पराजित भएको थियो भने दोसूो खेलमा नेपालले चाईनीज ताइपेईलाई २–० ले पराजित गर्दै तालिकामा पहिलो तीन अंक जोड्न सफल भएको थियो। तर अस्ट्रेलियासँग पनि नेपालको नतिजा सुखद् रहेन। विश्वकप खेलिसकेको अस्ट्रेलियासँग क्यानबेरामा ५–० ले मात्रै पराजित हुनुलाई नेपाली टिमले ठूलो उपलब्धि मानेको छ।
नेपाली टिमले आज जोर्डनविरुद्धको खेलमा कम्तिमा बराबरी गर्ने लक्ष्य लिएको छ। नेपाल र जोर्डनबीचको खेल राति पौने ९ बजेदेखि शुरुहुने छ। फिफा वरियतामा ९८ औं स्थानमा रहेको जोर्डन र १६१ औं स्थानमा रहेको नेपालबीचको खेलमा नेपालको लक्ष्य बराबरी गर्दै कम्तिमा एक अंक लिने प्रयासमा हुने छ। अष्ट्रेलियाविरुद्ध सोचेको भन्दा राम्रो खेल खेलेको नेपालले जोर्डनविरुद्ध बलियो मनोबलका साथ मैदानमा उत्रनेछ। यी दुई टिम यसअघि विश्वकप छनोट अन्तर्गत नै २०११ मा खेलेका थिए।
जसमा पहिलो खेलमा नेपालले जोर्डनसँग नौ शुन्यको हार ब्यहोरे पनि घरेलु मैदानमा एक एक गोलको बराबरी खेलेको थियो। त्यसपछि नेपाल र जोर्डन पहिलो पटक खेल्न लागेका हुन