अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ क्यानलाई गरेको निलम्बन सशर्त फुकुवाकाे प्रक्रिया अघि बढाएकाे छ ।
आईसीसीको बैठकले साढे ३ वर्षअघि नेपालमा राजनीतिक हस्तक्षेप भएको भन्दै क्यानमाथि गरिएको निलम्बन फुकुवाका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।निलम्बन फुकुवा गर्नका लागि आईसीसीले केही शर्तहरु भने अघि सारेको जनाइएको छ ।
क्यानमाथि राजनीतिक हस्तक्षेप भएकाे, निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको जनाउँदै आईसीसीले गत २०७३ बैशाखमा निलम्बन गरेको थियो ।केही समय अघि भएकाे क्यानकाे निर्वाचनमा चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएकाे थियाे।निर्वाचनबाट आएको उक्त कार्यसमितिले निलम्बन फुकुवा नभएकाले अझैं काम गर्न भने पाएको थिएन ।
निलम्बन फुकुवा गर्नका लागि आईसीसीले आफ्नो रोडम्याप नेपाललाई दिएको थियो । आईसीसीले दिएको रोडम्याप अनुसार विधान संशोधन गरेर जिल्ला, प्रदेश कार्यसमितिका साथै केन्द्रीय कार्यसमितिको निर्वाचन भएको थियो ।