अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा ब्राजिल र सेनेगल एक एक गोलको बराबरीमा रोकिएका छन्।
नेशनल स्टेडियम सिंगापुरमा गएराति भएको खेलमा ब्राजिलले नवौैं मिनेटमा गरेको गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो। रोबर्टो फिरमिनोले गोल गर्दै ब्राजिललाई सुरुमै अग्रता दिलाएका थिए।
फामारा दिदियोले पहिलो हाफको इन्ज्योरी समयमा पेनाल्टी मार्फत गोल गर्दै सेनेगललाई बराबरीमा ल्याएका थिए। त्यसपछि निर्धारित समयमा गोल नभए पछि दुवै टिमले बराबरीमा चित्त बुझाए।
यस्तै अर्को मैत्रीपूर्ण खेलमा सर्वियाले पाराग्वेमाथि १–० को जीत निकालेको छ। ९० औं मिनेटमा सर्वियाका एलेक्जेण्डर मिट्रोभीले गरेको गोल नै सर्वियालाई जित दिलाउन पर्याप्त बन्यो।