ओमानमा भइरहेको पाँच राष्ट्र सम्मिलित टी-२० प्रतियोगितामा नेपाल नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएको छ ।
जितका लागि १ सय ४६ रन पछ्याइरहेको नेपाल १९.५ ओभरमा १ सय ३२ रन बनाएर अलआउट भयो । नेपाललाई जितका लागि अन्तिम ओभरमा २५ रन चाहिएको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ८ विकेटमा १ सय ४५ रन बनाएको थियो । लगातार दुई खेल जितेको नेपालको यो प्रतियोगिता पहिलो हार हो । नेपालको तीन खेलबाट चार अंक छ र पाँच देशमध्ये तेस्रो स्थामा रहेको छ ।