भारत र दक्षिण अफ्रिकाबीच भारतमा जारी पहिलो टेस्ट क्रिकेट भारतले २०३ रनले जितेको छ। जितका लागि ३९५ रनको विशाल चुनौती पछ्याएको दक्षिण अफ्रिका पाँचौं दिन १९१ रनमै समेटिएको थियो। भारतलाई जित दिलाउन भारतीय बलर मोहम्मद शामी र रविन्द्र जडेजाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
शामीले ५ तथा रविन्द्रले ४ विकेट लिएका थिए। तीन खेलको यस शृंखलामा भारतले १–० को अग्रता बनाएको छ। दक्षिण अफ्रिकाका तर्फबाट सर्वाधिक डेन पाइडिटले ५६ तथा सेनुरान मुथुसामीले अविजित ४९ रन बनाएका थिए। यी दुईबीचको दोस्रो टेस्ट क्रिकेट आगामी अक्टोबर १० मा पुणेमा शुरु हुनेछ।
स्कोर बोर्ड भारत – पहिलो इनिङ – ५०२ रन,
दोस्रो इनिङ ३२३ रन (जितका लागि ३९५ रनको लक्ष्य प्रस्तुत)
दक्षिण अफ्रिका – पहिलो इनिङ – ४३१ रन, दोस्रो इनिङ १९१ रन (२०३ रनले पराजित)