इन्डोनेरियाको बताममा भएको ५३ औं एसियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपकी दोहोरो पदक विजेता रजनी श्रेष्ठलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले बिहीबार स्वागत गरेको छ ।
उक्त च्याम्पियनसिपमा रजनीले महिला ५५ केजीमा रजत तथा ३० वर्ष उमेरसमूहमा कांस्य जितेकी थिइन् । रजनी र टोली प्रमुख दिनेश राजभण्डारीलाई शारीरिक सुगठनका केन्द्रीय अध्यक्ष राजेशबाबु श्रेष्ठ, महासचिव राजन श्रेष्ठलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
अध्यक्ष श्रेष्ठले रजनीलाई व्यक्तिगत रुपमा १ लाख ५० हजार नगद पुरस्कार प्रोत्साहन स्वरुप प्रदान गर्ने घोषणा गरिसकेका छन् ।