प्रिमियर लिगमा लेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथि ५-० को फराकिलो जित निकालेको छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा जेमी भार्डीको २ गोलको सहयोगमा लेस्टर सिटीले न्युक्यासललाई स्तब्ध पार्यो ।
लेस्टरले १६औं मिनेटमा रिकार्डो परेराको गोलबाट खेलमा अग्रता लिएको थियो । ४३औं मिनेटमा हेडेन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि न्युक्यासल १० खेलाडीमा सीमित बन्यो ।
भार्डीले ५४औं मिनेटमा लेस्टरको अग्रता दोब्बर पारेका थिए । डममेटले ५७औं मिनेटमा आत्मघाती गोल गरेपछि लेस्टर खेलमा ३-० ले अघि बढ्यो । ६४औं मिनेटमा भार्डीले दोस्रो गोल गर्दै लेस्टरलाई ४-० ले अघि बढाए ।
यस्तै खेलको अन्तिम मिनेटमा एनडीडीले गोल गर्दै लेस्टरलाई प्रभावशाली जित दिलाए । यो जितसँगै लेस्टरको ७ खेलबाट १४ अंक भएको छ ।