नेपालले आयोजक सिंगापुरमाथि सानदार जित हात पारेको छ। सिंगापुरको इण्डियन एसोसिएसनको मैदानमा भएको खेलमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
नेपालका लागि कप्तान पारस खड्काले ५२ बलमा अभिजित १०६ रन बनाए। उनले ७ चौका र ९ छक्काको सहायतामा शतकीय पारी खेलेका हुन्। नेपालका ओपनर इसान पाण्डे ६ बलमा ५ रन बनाउदै पभेलियन फर्किएपछि कप्तान पारस खड्का र आरिफ शेख क्रिजमा जमेका थिए। आरिफ शेखले पनि ३८ बलमा ३९ रन बनाए। त्यसका लागि उनले ५ चौका प्रहार गरेका थिए।सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५१ रन बनाएको थियो।
पहिलो खेलमा बलियो जिम्बावेसँग पराजित भएको नेपालले अर्को खेल असोज १४ गते जिम्बावे र १५ गते सिंगापुरसँग खेल्ने छ। आजको खेलमा जित निकालेसँगै नेपालले ३ अंक जोडेको छ।