नेपाल, जिम्बावे र सिंगापुरबीचको त्रिकोणात्मक टी-२० क्रिकेट शृंखला आजबाट सिंगापुरमा सुरु हुँदैछ। शृंखलाको पहिलो खेलमा आज नेपालले जिम्बावेसँग प्रतिस्पर्धा गर्ने छ। इन्डियन एसोसियसन मैदानमा नेपाली समयअनुसार साँझ सवा ५ बजे खेल सुरु हुनेछ।
जिम्बावेविरुद्ध मैदानमा उत्रदा नेपालले यूवा खेलाडीहरुमा भर पर्नुपर्नेछ। राष्ट्रिय टोलीका तीन जना नियमित र अनुभवी खेलाडीहरु यसपटक टोलीमा छैनन्।
विविध कारणले ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र बसन्त रेग्मी यसपटक टोलीमा छैनन्। तर, टिममा दुई नयाँ खेलाडीहरु ईशान पाण्डे र कुशल मल्लले पहिलोपटक स्थान बनाएका छन्।
शृंखलामा सबै तीन देशले एक अर्काविरुद्ध दुई दुईवटा खेल खेल्नेछन्।