भारत तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो । हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरी खेलको भारतले दोस्रो हाफमा तीन गोल गरेको थियो ।
भारतको जितमा गुर्किरात सिंहले दुई गोल गरे । यस्तै अमन क्षेत्रीको नाममा एक गोल रह्यो । जितसँगै भारतले समूह ’बी’ बाट ४ अंक जोडेर सेमिफाइनलमा पुगेको हो । श्रीलंका भने बाहिरिएको छ । यस समूहबाट बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ ।