डिफेन्डिङ च्याम्पियन नेपाल साफ यू–१८ प्रतियाेगिताकाे समूह चरणबाटै बाहिरिएकाे छ ।भुटान र माल्दिभ्सले मंगलबार गोलरहित खेल्दै सेमिफाइनल यात्रा तय गरेपछि नेपालले इतिहासकै सबभन्दा खराब नतिजा बेहोरेको हो ।सन् २०१५ र २०१७ मा दुवै संस्करणमा नेपाल च्याम्पियन भएको थियो। ‘
प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा माल्दिभ्सविरुद्ध १–१ को बराबरी खेलेकाे भएपनि भुटानविरुद्ध भने ३-० को लज्जास्पद हार व्यहाेरेकाे थियाे। नेपाललाई सेमिफाइनल पुग्नको लागि अाज(मंगलबार) भएकाे खेलमा भुटानले माल्दिभ्सविरुद्ध कम्तीमा तीन गोल वा चार गोलको जित हासिल गर्नुपर्ने थियो।
हलचोकमा भइरहेको तेस्रो संस्करणमा भुटान ४ अंकसहित समूह ‘ए’मा विजेता र माल्दिभ्स (२ अंक) उपविजेता भए। अर्को समूहमा भारत र श्रीलंकावीच बुधबार हुने खेलले सेमिफाइनल समीकरण तय गर्नेछ।