इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई हराएको छ। गएराति चेल्सीको मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुल २–१ ले विजयी भयो।
खेलमा लिभरपुलका लागि अलेक्जेण्डर आर्नोल्ड र रोबर्टो फर्मिनोले एक–एक गोल गरे। चेल्सीका एन्गोलो कान्टेले एक गोल फर्काए। जितसँगै लिभरपुलले प्रिमियर लिग फुटबलको जारी सिजनमा आफ्नो शत प्रतिशत विजय यात्रा जारी राखेको छ।
गएराति भएको अर्को खेलमा आर्सनलले एस्टन भिल्लालाई ३–२ ले हराउँदा क्रिष्टल प्यालेस र वुल्भरह्याम्पटन वान्डरर्सले १–१ गोलको बराबरी खेलेका छन्। म्यान्चेस्टर युनाइटेड भने गएराति पराजित भएको छ। उसलाई लण्डन क्लब वेष्ट ह्याम युनाइटेडले २–० ले हराएको हो। हारपछि म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक ओले गुना सोल्सायरमाथिको दबाब झनै बढेको छ।
गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा ६ खेलबाट १८ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ। १३ अंकसहित म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटी, चौथो स्थानको आर्सनल तथा पाँचौ स्थानको वेष्ट ह्याम युनाईटेडको समान १–१ अंक छ।