साफ यू–१८ को दोस्रो खेलमा नेपाल भुटानसँग ३-० ले पराजित भएको छ ।लगातार दुईपल्टको डिफेन्डिङ च्याम्पियन नेपाल याे पराजयसँगै समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । भुटान भने सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भुटान पहिलो जितमै सेमिफाइनमा पुगेको हाे । नेपाल पहिलो हाफलमा १-० ले पछि परेको थियो । दोस्रो हाफमा थप दुई गोल खादैै नेपाल पराजित भएको हो ।
।समूह चरणको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग १-१ को बराबरी गरेको थियो ।समूह चरण 'ए'मा नेपालसहित भुटान र माल्दिभ्स छन् ।