इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वाटफोर्डमाथि फराकिलो जीत निकालेको छ। सिटीले घरेलु मैदानमा वाटफोर्डलाई ८-० को भारी अन्तरले पराजित गरेको हो। सिटीको फराकिलो जीतमा बर्नान्डो सिल्भाले ह्याट्रिक गरे।
डेभिड सिल्भा, सर्जियो अगुइरो, रियाद महारेज, निकोलस ओटामेन्डी र केभिन डि ब्रुयनले एक–एक गोल गरे। जीतसँगै सिटीले शीर्षस्थानमा रहेको लिभरपुलसँगको अंक दुरी २ मा झारेको छ।
अर्को खेलमा टोटनह्यामलाई २-१ गोलले हराएको छ। लेस्टरका लागि रिकार्डो परेरा र जेम्स म्याडिसनले एक–एक गोल गरे। टोटनह्यामका लागि ह्यारि केनले गोल गरे। अरु खेलमा शेफिल्ड युनाइटेडले एभर्टनलाई २-०ले पराजित गरेको छ भने न्युक्यासल र ब्राइटनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।