काठमाडाैंमा जारी साफ यू–१८ फुटबल च्याम्पियनसिपमा आज घरेलु टाेली नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ।
समूह एमा रहेको नेपालले भुटानलाई पराजित गर्दै सेमिफाइनल पुग्ने लक्ष्य लिएकाे छ। नेपाल पहिलाे खेलमा माल्दिभ्ससँग १-१ गाेलकाे बराबरीमा राेकिएकाे थियाे।
समुह चरणमा माल्दिभ्स र नेपालको समान एक अंक छ। नेपाल प्रतियोगिताका अघिल्ला दुई संस्करणको विजेता हो। खेल हलचाेक मैदानमा दिउँसाे ३ बजेपछि शुरुहुने छ।