क्यारेवियन प्रिमियर लिग सीपीएल अन्तर्गत चौथो खेलमा सन्दीप लामिछानेले एक विकेट लिएका छन्।
पहिलो खेलमा विकेटविहीन बनेका सन्दीप दोस्रो खेलमा तीन तथा तेस्रो खेलमा १ विकेट लिएका थिए। योसँगै चारखेलबाट सन्दीपले विकेट संख्या पाँच पुगेको छ। आज विहान भएको खेलमा सन्दीपको टिम बार्बाडोस ट्रिन्डेटले दोस्रो जित पनि आत्म साथ गरेको छ।
सेन्ट लुसियमाथि ७१ रनको जित निकालेको हो। सन्दीपले आज ३.५ ओभर बलिङ गर्दा २९ रन खर्चिएर १ विकेट लिए। तीन ओभरमा १३ रन खर्चिएका सन्दीपले चौथो ओभरका पाँच बलमा भने १६रन खर्चिएर १ विकेट हात पारे।
१५ औं ओभरमा अन्तिम स्पेल लिएर आएका सन्दीपले शुरुका २ बलमा लगातार छक्काको सामना गरे। तेस्रो बलमा १ रन दिएका सन्दीपले चौथो बलमा ३ रन दिन पुगे। पाँचौं बलमा भने उनले विकेट लिन सफल भए।
हार्डस भिल्जोनलाई आउट गर्दै टिमलाई नबौं सफलता दिलाए। दशौं व्याट्सम्यानका रुपमा आवेट म्याक्वेव घाइते भएका कारण ब्याटिङमा नउत्रिए पछि सन्दीपको टिम बार्बाडोस ७१ रनले विजयी हुन पुग्यो।