आसन्न ओमान र सिंगापुर सिरिजका लागि नेपाली क्रिकेट टिमको घोषणा गरिएको छ।
कप्तान पारस खड्काको कप्तानीमा आज घोषणा गरिएको टिमको उपकप्तानमा दीपेन्द्रसिंह ऐरीले पाएका छन्। नियमित उप कप्तान ज्ञानेन्द्र मल्लले यो सिरिज नखेल्ने बताएपछि दीपेन्द्रलाई उपकप्तान बनाइएको हो। यस्तै शरद भेषावकर र बसन्त रेग्मीलाई भने विश्राम दिइएको छ।
नेपाली टिमका कप्तान पारस खड्का र प्रशिक्षक उमेश पट्वाल र आईसीसीको प्रतिनिधिले टिम छनोट गरेका हुन्। आसन्न १३ औं सागका लागि क्याम्पमा रहेका खेलाडीबाट अन्तिम १५को नाम छनोट गरिएको हो।
नेपाली टिम यस प्रकार छ।
पारस खड्का (कप्तान)
दीपेन्द्रसिंह ऐरी (उपकप्तान)
सोमपाल कामी
करण केसी
विनोद भण्डारी
ललितनारायण राजवंशी
पवन शर्राफ
सन्दीप जोरा
सन्दीप लामिछाने
अविनाश बोहोरा
कुशल मल्ल
रोहितकुमार पौडेल
सुशन भारी
इशान पाण्डे
आरिफ शेख