क्याराबिन प्रिमियर लिग(सीपीएल) अन्तर्गतकाे खेलमा सन्दीप लामिछानेले ब्याटिङ राम्रो र बलिङमा सामान्य प्रदर्शन गरेका छन्। आज बिहान सकिएकाे खेलमा सन्दीप आवद्ध टोली बार्बाडोज ट्रिडेन्सले जमैका टेलवाशसँग प्रतिस्पर्धा गरेको थियो। बलिङमा केही महंगो सावित भए पनि एक मेडनसहित एक विकेट लिन सफल भए। यस खेलमा सन्दीपले ब्याटिङमा पनि आफ्नो क्षमता देखाउने माैका पाएका थिए।
५ औं ओभरमा बलिङ सुरुवात गरेका सन्दीपले १ चौकासहित ८ रन दिए। १०औं ओभर सन्दीपका लागि सबैभन्दा महंगो बन्यो। २ छक्कासहित १५ रन दिए। १३औं ओभरमा पनि उनले २ छक्कासहित १३ रन दिए तर १२ बलमा २७ रन बनाएर आक्रामक ब्याटिङ गरिरहेका जाभेल ग्लेनलाई क्याचआउट गराए। १५औं ओभरमा भने सन्दीपले कुनै रन नदिई मेडन गरे।
११औं नम्बरमा ब्याटिङमा आएका सन्दीपले ८ बलमा एक चौकासहित १० रन बनाएर नट आउट रहे। १८औं ओभरको अन्तिम बलमा ९औं विकेट गुमेपछि क्रिजमा आएका सन्दीपले १२ बलमा जोस लारोरसँग मिलेर १६ रको साझेदारी गरी टोलीका लागि सम्मानजनक स्कोर बनाउन महत्वपूर्ण योगदान गरे।
खेल जमैका टेलवाशले ४ विकेटले जीत्याे। जमैकाले टस जीतर पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको बार्बाडोजले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो। जमैकाले १८.३ ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाउँदै जीत निकाल्यो।
५ खेल खेल्दा आक्रामक ब्याट्समयान क्रिस गेलसहित रहेको टोली जमैकाले पहिलो जीत निकालेको छ। ३ खेल खेलेको बार्बाडोजले २ हार व्यहोरेको छ। एकमा मात्जिर जीत निकालकाे छ।