नेपाललाई पराजित गर्दै उज्बेकिस्तानले नाडेज्दा कपको उपाधि हात पारेको छ ।किर्गिस्तानमा आज भएको फाइनल खेलमा उज्बेकिस्तानसँग नेपाल ३–२ गोलअन्तरले पराजित भएको हो।
निकै प्रतिस्पर्धात्मक खेलमा नेपालका लागि दुबै गोल साबित्रा भण्डारीले गरेकी थिइन्। नेपाल समूह चरणमा पनि उज्बेकिस्तानसँगै पराजित भएको थियो। उज्बेकिस्तान फिफा बरियतामा ४४ औं स्थानमा छ भने नेपाल १०१ स्थानमा छ।
प्रतियोगितामा नेपालले किर्गिस्तानलाई ८–२ को गोलअन्तरले पराजित गर्दै सुखद सुरुवात गरे पनि फाइनलमा भने त्याे जादूमय खेल देखाउँन सकेन।