नेपालमा उकालीओराली दौड खेल (ट्रेल रनिङ) प्रवद्र्धन तथा सो खेलको अन्तरराष्ट्रिय प्रतियोगितामा दोस्रो स्थान प्राप्त धाविका मीरा राईलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको छ ।
अमेरिकास्थित विश्वप्रसिद्ध विश्वविद्यालय प्रोभोस्ट वेस्टक्लिफ युनिभर्सिटिले धाविका राईलाई सो उपाधि प्रदान गरेको हो । यहाँस्थित प्रिसिडेन्टल विजनेस स्कुलद्वारा आज यहाँ आयोजित दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सो विश्वविद्यालयका प्रा डा डेभिड मेकेनीले राईलाई संयुक्तरुपमा सो उपाधि प्रदान गरेका थिए । “मैले जीवनमा कति कोश दौडेँ, अझै कति दौडिनेछु । यो उपाधि पाउँला भन्ने साचेको थिइन् ।
उच्च शिक्षा अध्ययन गर्ने सपना सपना नै बन्यो । तर उपाधि पाएँ । योभन्दा अरु के खुशी हुन सक्छ”, उपाधि पाइसकेपछि उनल भनिन् । उनको थप भनाइ थियो, “जीवनदेखि हार मान्नु हुँदैन, केही गर्छु भन्ने आँट चाहिन्छ । म कक्षा ७ मा अध्ययन गर्दागर्दै विद्यालय छाड्नुपर्यो । जीवनदेखि हार नखाई अगाडि बढिरहेँ । ट्रेल अन्तरराष्ट्रिय प्रतियोगितामा दोस्रो स्थान भएँ । अझै केही गरुँ जस्तो लागिरहेको छ ।”