नेपाल यू–१९ एसिया कपबाट बाहिरिएको छ । लगातार दाेस्राे पटक हार व्यहाेराेसँगै नेपाल प्रतियाेगिताबाट बाहिरिएकाे हाे । आइतबार बंगलादेशसँग भएकाे खेलमा पनि नेपाल ६ विकेटले पराजित भएकाे थियाे ।
कोलम्बोस्थित पी सारा ओभल मैदानमा बंगलादेश यू–१९ ले टस जितेपछि ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ६१ रन बनायो । नेपालबाट ओपनर पवन सर्राफले सर्वाधिक ८१ रन बनाए । १ सय ९ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे ।
उनले रित गौतमसँग पहिलो विकेटमा १४ ओभर भित्र ४५ रन जोडेका थिए । रित ५३ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरी ३२ रनमा आउट भए । आसिफ शेख ३, कुशल मल्ल २८, कप्तान रोहित पौडेल १४ रनमा आउट भए ।
सन्दीप जोराले आक्रमक ब्याटिङ गरेपछि नेपालले अन्तिम ५ ओभरमा ५६ रन जोड्यो ।मोहम्मद अक्बर अली र मोहम्मद समिर हुसैनले १ सय २ बलमा अविजित १ सय ३० रनको साझेदारी गरेपछि बंगलादेश यू–१९ ले ४ बल अगाडि लक्ष्य पुरा गर्यो ।
नेपालले मंगलबार युएईसँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।लगातार दुई खेल जितेर श्रीलंका यू–१९ र बंगलादेश यू–१९ सेमिफाइनल प्रवेश गरेका छन् ।