स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले विजयी सुरुवात गरेको छ। गएराति भएको खेलमा गेटाफेविरुद्ध १-० गाेलकाे जित निकालेका हाे।
दुई जना खेलाडीले रातो कार्ड पाएको खेलमा एट्लेटिकोको जितमा अल्भेरो मोराटाको एकमात्र गोल निर्णायक बन्यो। निकै फल भएको खेलको २३ औं मिनेटमा मोराटाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए।
३८ औं मिनेटमा गेटाफेका जोर्ग मोलिन भिडेइले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा झर्न पुग्यो। तर त्यसको चार मिनेटपछि एट्लेटिको पनि १० खेलाडीमा नै झर्यो। उसका रेनन लोडी दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिए।
पुरै खेलमा ५ उत्कृष्ट प्रहार गरे पनि एट्लेटिकोले एक गोल मात्र गर्न सक्यो। यता गेटाफेले ६ वटा सट पोष्ट नजिक प्रहार गरे पनि फ्रेममा परेन। लिगको पहिलो खेलमा जित निकालेपछि एट्लेटिकोले तीन अंक बटुलेको छ।