स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले खराब शुरुआत गरेको छ।
आज विहान सकिएकाे खेलमा बार्सिलोना एथ्लेटिको बिलवाओसँग १–० गोलको अन्तरले पराजित भयो। लियोनल मेस्सी विनै मैदान उत्रिएको वार्सिलोनाले खेलको अन्तिम समयमा गोल खान पुगेको थियो।
यसैगरी लुईस स्वारेज पनि पहिलो हाफमै रिप्लेस भएका थिए। ८८ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अरित्ज अडुरिजले गोल गरेका थिए। ८९ औं मिनेटमा उनले गरेको गोल नै ला लिगाको पहिलो खेलमा विलबाओलाई स्पष्ट तीन अंक दिलाउन पर्याप्त बन्यो।