इंग्लिस प्रिमियर लिग फुटबलमा गत संस्करणकाे उप विजेता लिभरपुलले उत्कृष्ट शुरुआत गरेकाे छ। यसै सिजनमा बढुवा भएकाे नर्भिच सिटीमाथि लिभरपुलले ४-१ गाेल अन्तरकाे जित निकाल्दै स्पष्ट ३ अंक जाेड्न सफल भयाे। घरेलु मैदान एनफिल्डमा लिभरपुलले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो।
दोस्रो हाफमा नर्विच सिटीले एक गोल फर्काएको थियो। नर्विचका ग्रान्ट ह्यानको आत्मघातिको गोलमा सातौ मिनेटमा लिभरपुलले अग्रता लिएको थियो। मोहमद सलाहले १९ औ मिनेटमा गोल गर्दैै लिभरपुलको अग्रतालाई दोब्बर बनाए। भर्जिल भान डिजिकले २८ औ मिनेटमा लिभरपुलका लागि तेस्रो गोल गरे।
डिभोक ओरिजीले ४२ औ मिनेटमा लिभरपुललाई ४–० को स्थितिमा पुर्याए। ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डको लामो पासलाई सदुपयोग गर्दै ओरिजीले गोल गर्न सफल भएका थिए।
६४ औ मिनेटमा नर्विच सिटीका लागि टिमु पुक्कीले एक गोल फर्काएका थिए।