क्यानाडमा जारी ग्लोबल टी–२० क्रिकेट लिगमा नेपाली खेलाडी सन्दीप लामिछाने रहेको टोली टोरन्टो नेसनल्स प्ले अफमा प्रवेश गरेको छ। गएराति भएको दोस्रो चरणको अन्तिम खेलमा मोन्ट्रीयल टाइगर्सलाई ३५ रनले हराउँदै टोरन्टोले प्ले अफमा ठाउँ बनाएको हो।
सिएए क्रिकेट मैदानमा टोरन्टोले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको मोन्ट्रीयलले १९ ओभर ३ बलमा अलआउट हुनुपूर्व १ सय ५४ रन मात्रै बनाउन सक्यो।
सन्दिपले ३ ओभर बलिङ गर्दै १ विकेट झारेका थिए। क्यानडामा जारी ग्लोबल टी २० प्रिमियर लिग क्रिकेटमा सन्दिपको यो तीन खेलमा तेस्रो विकेट हो। टोरन्टोले अब प्ले अफ्मा अर्का नेपाली खेलाडी सोमपाल कामीको टिम विनिपेग हक्सविरुद्ध खेल्नेछ।