ग्लोबल टी–२० क्यानडा लिग खेल्न गएका नेपाली दुवै खेलाडीले गएरातिको खेलमा डेव्यु गरे। नेपालले टी २० विश्वकप एशिया फाइनल खेलेकाले उनीहरुल शुरुका खेल गुमाएका थिए। तर क्यनडा पुगे पनि गएरातिको खेलमा नेपालमा सन्दीप लामिछाने र सोमपाल कामीले आ-आफ्ना टिममा डेव्यु गर्न सफल भए। तर दुवैको डेव्यु खेल सम्झना लायक भएन। सोमपाल विकेट विहीन बने भने सन्दीपले १ विकेट हात पारे पनि रन भने धेरै नै खर्चिए।
इडमन्टन रोयल्स विरुद्धको खेलमा दुई ओभर बलिङ गरेको सोमपालको स्पेल निकै महंगो बन्यो। १०औं ओभरमा बलिङ गरेका सोमपालले १५ रन दिए। उनले एउटा छक्का खाएका थिए भने तीनवटा बल वाइड फाले। त्यसपछि १६औं ओभरमा सोमपाल १८ रन खान पुगे। यो ओभरमा उनले दुई छक्का र एक चौका खाए।
खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको विन्निपेग हक्सले २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनाएको थियो। विन्निपेगका लागि शैमान अनवरले ३५ बलमा ६२ रन बनाए भने जेपी डुमिनीले ४८ रन जोडे। त्यस्तै क्रिश लिनले ३३ न बनाए। सोमपाल कामीले पाँच बल खेलेर अविजित एक रन लिए।
बलिङतर्फ शदाब खानले तीन विकेट लिँदा बेन कटिङले दुई विकेट हात पारे। १९६ रनको लक्ष्य इडमन्टन रोयल्सले १७.४ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो। उसका लागि अन्शुमन रठले उत्कृष्ट इनिङ खेले। ५० बल सामना गरेको रठले नौ चौका र चार छक्का प्रहार गरेका थिए।
मोहम्म्द हफिजले पनि ३० बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ५५ रन बनाए। जेम्स निशमले अविजित २८ रन बनाए भने नभनित धलिवालले १९ रन जोडे।
यस्तै, सन्दीपको स्पेल पनि महंगो सावित भयो। ब्राम्प्टनको घरेलु मैदानमा ब्याट्सम्यानलाई सहयोग गर्ने पीचमा सन्दीपले अफ्नो स्पेलमा ४४ रन खर्चेर १ विकेट लिए। उनले कोलिन मुनरोलाई आउट गरेका हन्। पाँचौं ओभरमा बलिङको जिम्मा पाएका सन्दीपले आफ्नो पहिलो ओभरमै ४ चौका र १ छक्कासहित २४ रन खाए। उनीविरुद्ध स्कटल्यान्डका जर्ज मुन्सेले ५ बाउन्ड्री प्रहार गरे। आफ्नो दोस्रो ओभरमा सानदार पुनरागमन गरी सन्दीपले ३ रन खर्चेर १ विकेट पनि लिए।
इनिङको आठौं ओभरको चौथो बलमा सन्दीपले १६ बलमा २८ रन बनाएर खेलिरहेका कोनिल मुनरोलाई मिचेल म्याक्लनघानको हातबाट आउट गराए। सन्दीपले आफ्नो चौथो ओभरमा ११ रन खर्चिए। १४औं ओभरमा उनलाई नितिस कुमार र सहिद अफ्रिदीले एक एक चौका प्रहार गरेका थिए।