नेपालले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नका लागि शनिबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। कतारसँग पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियामाथि जित निकाल्दै ग्लोबल छनोटमा पुग्ने सम्भावना जिवितै राखेको छ।
नेपालले अब कुवेत र सिंगापुरलाई जित्नु त पर्छन नै साथै अन्य टिमको रन रेटमा पनि भर पर्नु पर्ने भएको छ। कतारविरुद्धको खेलमा घाइते भएका नेपाली टिमका कप्तान पारस खड्का फिट भएका छन्।
उनी कुवेतविरुद्धको खेलमा खेल्ने जनाइएको छ। सिंगापुरमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै अब हरेक गेम धेर नै महत्वपूर्ण भएको बताए। उनले राम्रो स्टार्ट गर्न सके कुवेतविरुद्ध पनि जित निकाल्ने अपेक्षा गरेका छन्।