आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्ध नेपाल ७ विकेटले विजयी भएको छ।
मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले एक ओभर बाँकी छँदै पूरा गरेको हो। नेपालले ८ ओभरमा ३ विकेट गुमाएर ८६ रन बनाएकाे छ।
नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकीय योगदान रह्यो। उनले २१ बलमा ३ छक्का र ५ चौकासहित ५१ रन हानेका थिए। मल्ल ‘प्लेयर अफ दि म्याच’ घोषित भएका छन्।
यसअघि वर्षाले प्रभावित भएपछि खेल ९ ओभरमा छोट्याइएको थियो। मलेसियाले निर्धारित ९ओभरमा ७ विकेट ग’माएर ८३ रन बनाएको थियो।