ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा मलेसियाले पहिलो ब्याटिङ गर्दै नेपाललाई ८४ रनको लक्ष्य दिएको छ । वर्षाका कारण प्रभावित नेपाल र मलेसियाबीचको खेल ९–९ ओभरमा छोट्याइएको छ । टस जितेर पहिलो फिल्डिङ रोजेको नेपाललाई ९ ओभरमा ८४ रन बनाउनुपर्ने छ ।
मंगलबार कतारसँग ४ विकेटले पराजित भएको नेपाललाई यो खेल जित्न निकै दबाब छ ।
मलेसियाले ९ ओभरमा ७ विकेटको क्षतिमा ८३ रन बनाएको हो । नेपालका लागि सोमपाल कामीले २ ओभर गरेर ३ विकेट लिन सफल भएका थिए। यस्तै बसन्त रेग्मीले पनि १ ओभर बलिङ गरेर २ विकेट लिएका थिए ।