आईसीसी टी–२० विश्कपको एसिया छनोट सोमबारदेखि सिंगापुरमा शुरु हुँदैछ । प्रतियोगिताको अघिल्लो दिन सबै टिमका कप्तानहरुले ट्रफी सार्वजनिक गरेका छन् ।
नेपाली क्रिकेट टिमले मलेसियामा अन्तिम अभ्यास गरेर टी–२० विश्वकपको एसिया छनोट खेल्न सिंगापुर पुगेको हो । नेपाली टिमले उपाधि जित्दै ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्य लिएको छ ।प्रतियोगितामा नेपालसहित पाँच टिमले प्रतिस्पर्धा गर्ने छन् । राउण्ड रोविन लिग अनुसार हुने प्रतियोगिताको शीर्ष स्थान हात पार्ने टिमले युएईमा हुने ग्लोबल छनोटमा सहभागिता सुनिश्चित गर्ने छ ।
प्रतियोगिता अन्तर्गत सोमबार सिंगापुर र कतार तथा कुवेत र मलेसिया भिड्ने छन् । नेपालले पहिलो खेलमा मंगलबार कतारसँग प्रतिस्पर्धा गर्दा सिंगापुर र कुवेत पनि आमने सामने हुने छन् ।