नाइजेरिया अफ्रिका कप अफ दी नेसन्समा तेस्राे भएकाे छ। गएराति भएकाे खेलमा ट्युनेसियालाई १-० गाेल अन्तरले पराजित गर्दै तेस्राे भएकाे हाे।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत रहेका ओडियन इग्लुले खेलको तेस्रो मिनेटमै गोल गर्दै नाईजेरियालाई तेस्रो स्थान दिलाए। इग्लुले प्रतियोगितामा सर्वाधिक ५ गोल गरेका छन्। सेमिफाइनलमा पराजित दुवै टिम तेस्रो स्थानका लागि भिडेका थिए।
तीन पटकको विजेता नाईजेरियाले आठौं पटक तेस्रो स्थानमा रहन सफल रह्यो। तेस्राे स्थानका लागि भएकाे भिडन्तमा नाइजेरिया अहिले सम्म पराजित भएकाे छैन्।
उपाधिका लागि सेनेगल र अल्जेरिया शुक्रबार भिड्ने छन्। सेनेगल पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेकाे हाे भने अल्जेरियाले सन् १९९० मा उपाधि जितेकाे थियाे।