आईसीसी टी–२० विश्वकप छनोटको तयारीमा रहेको नेपालले अहिले मलेसियासँग दोस्रो टी–२० खेलिरहेको छ।
किनरारा ओभल मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेकाे नेपालले मलेसियालाई १७४ रनको लक्ष्य दिएको छ। पहिलो टी–२० जितेको नेपाल आज पनि जित्दै सिरिज २–० ले कव्जा गर्ने दाउमा छ।