आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाईनलमा आज घरेलु टाेली इंग्ल्याण्ड र न्यूजिल्याण्ड भिड्दैछन्।
खेल लण्डनको लड्समा नेपाली समय अनुसार दिउसो सवा ३ बजेदेखि शुरु हुनेछ। समूह चरणमा तेस्राे हुँदै सेमिफाइनल पुगेकाे इंग्ल्याण्डले दाेस्राे स्थानकाे अस्ट्रेलिया र समूह चरणमा चाैथाे भएकाे न्यूजिल्याणडले शीर्ष स्थानकाे भारतलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्।
न्युजिल्याण्डले फाईनलसम्मको यात्रा तय गरेपनि ओपनिङ जोडीले खासै ठुलो योगदान गरेको देखिदैन। कालिन मुनरो र मार्टिन गुप्टिल दुवै अनुभवी ब्याट्सम्यान हुन्। सोही कारण निर्णायक खेलमा दुवै खेलाडीले रन बनाउन आवश्यक छ।
यस्तो अवस्थमा केन विलियम्स र रास टेलरमा कम दबाब पर्नेछ। बलिङ र फिल्डिङमा न्यूजिल्याण्डलाई कुनै समस्या छैन। फाइनल खेलमा मिसेल सेन्टनरको बलिङको समेत परीक्षा हुनेछ।
यता सेमिफाइनलको खेलमा इङ्ल्याण्डले अष्ट्रेलियालाई हराएको थियो। जाेसन रोय चोटको बाबजुत टिममा शानदार कमब्याक गर्न सफल रहे।
माथिल्ला क्रमका ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्दा इङ्ल्याण्डको तल्लो क्रमको परिक्षण हुन पाएको छैन। इंग्ल्याण्ड र न्यूजिल्याण्ड जसले जिते पनि पहिलाे पटक विश्वकपकाे ट्रफि प्राप्त गर्ने छन्।