एसीसी इस्टर्न रिजन यू–१९ क्रिकेटमा घरेलु टोली मलेसियाले नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ। मलेसियाले ४०.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो।
टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया नेपाली बलरमाथि कुनैपनि बेला हावी हुन सकेन। नेपालले शुरुदेखिनै विकेट लिँदै मलेसियामाथि दवाब राख्न सफल भयो। उपाधि जित्ने लक्ष्य सहित मलेसिया पुगेको नेपाली बलर तथा ब्याट्सम्यानहरुले जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। सोमबार पनि मलेसियाविरुद्ध सुरुमै विकेट लिन सफल भयो।
नेपालका ६ जना बलरले मलेसियाविरुद्ध बलिङ गर्दा सागर ढकालले ३ तथा कुशल मल्ल र कमलसिंह ऐरीले एक एक विकेट लिए। सागरले १० ओभरको स्पेलमा ३ ओभर मेडन राख्दै १६रन खर्चिएर ३ विकेट लिएका हुन्। ९ ओभर बलिङ गरेका कुशल मल्लले ५ ओभर मेडन राख्दै १३ रन खर्चिएर २ विकेट हात पारे।
५ ओभर बलिङ गर्दै १४ रन खर्चिएर कमलसिंह ऐरीले १ विकेट लिँदा ४.५ ओभर बलिङ गरेका रसिद खानले १० रन दिएर १ विकेट लिए। ६ ओभर बलिङ गरेको तिलकराज भण्डारीले २ ओभर मेडन राख्दै १३ रन दिएर १ विकेट लिए। आजको खेलमा पवन शर्राफ भने विकेट विहीन बने।