नेपाली कराते खेलाडी रणदीप गोलेले बीसौं अन्तर्राष्ट्रिय मिलो कराते च्याम्पियनसिपमा कास्य पदक जितेका छन्।
उनले पुरुष एकल कातामा नेपाललाई कास्य दिलाएको अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ (आईएमए) का अध्यक्ष समेत रहेका टोली नेता प्रकाश श्रेष्ठले जनाएका छन्।
अध्यक्ष श्रेष्ठका अनुसार रणदीपले फिलिपिन्स, भारत र मलेसियाका खेलाडीलाई हराएका थिए। मलेसियाको क्वालालम्पुरमा जुन ६ र ७ तारिखमा भएको प्रतियोगितामा रणदीपसहित ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए। अजय मगर, कमल दर्जी र सुजन विश्वकर्मा पदकविहीन रहे।