दक्षिण अफ्रिकाका लागि कप्तान फाप डु प्लेसिसले ६३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन्। यस्तै दक्षिण अफ्रिकाका लागि व्किनटन डी ककले ४७ रन जोड्दा एडिले लक्कीले अविजित ४६ रन बनाए। त्यस्तै भान डेर डुसेनले ३६ तथा डेभिड मिल्लरले ३१ रन जोडे।
दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न पाकिस्तानका शादब खान र वाहब रियाजले ३-३ विकेट लिए। यस्तै मोहमद आमिरले २ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०८ रन बनाएको थियो। पाकिस्तानका लागि हरिश सोहिल र बाबर आजमले अर्धशतकीय इनिङस खेले। हरिशले ५९ बलमा ३ छक्का र ९ चौकाको मद्दतले सर्वाधिक ८९ रन बनाए। बाबरले ६९ रन बनाए।
यस्तै फकर जमान र इमाम उल हकले समान ४४ रनको योगदान गरे। इमाद वासिम २३ तथा मोहमद हाफिज २० रनमा आउट भए।
दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ३ विकेट लिए। यस्तै इमरान ताहिरले २ विकेट हात पारे। दक्षिण अफ्रिकालाई हराएसंगै पाकिस्तानले शीर्ष चारमा रहदै सेमिफाइनलमा पुग्ने सम्भावना राखेको छ। पाकिस्तानले ६ खेलबाट ५ अंक जोडेको छ।
दक्षिण अफ्रिकाले ७ खेलमा मात्र ३ अंक जोडेको छ। र, शीर्ष चारमा रहदै सेमिफाइनल पुग्ने दक्षिण अफ्रिकाको सपना सकिएको छ।