आईसीसी विश्वकप क्रिकेटमा भारत र पाकिस्तान आज भिड्दै छन्। म्यानचेस्टरमा हुने खेललाई विश्वभरका क्रिकेट फ्यानहरुले निकै चासोका साथ हेरेका छन्। भारत र पाकिस्तान पहिलो पटक विश्वकपमा भने भिड्न लागेका होइनन्।
तर अहिलेसम्म जारी विश्वकपमा ४ वटा खेलमा वर्षाले प्रभावित बनाइसकेकाले भारत र पाकिस्तानबीचको खेलमा पनि बर्षा वाधक बन्न सक्ने आंकलन गरिएको छ। त्यहाँको मौसम विभागले आइतबार विहान ९ बजेदेखि अपरान्ह २ बजेसम्म पानी पर्ने आंकलन गरिएकाले खेल हुने या नहुने भन्नेमा आशंका भने कायमै छ।
भारतीय टिम विराट कोहलीको कप्तानीमा खेल्दा पाकिस्तानी टिम सर्फराज अहमदले कप्तानी गर्नेछन्। भारतका भरपर्दा ओपनर व्याट्सम्यान शिखर धवन नहुनु केही हदसम्म घाटा भने छ।
भारत र पाकिस्तान विश्वकपमा अहिलेसम्म ६ पटक खेलेका छन्। जसमा हरेक पटक भारतले नै बाजी मारेको छ। तर २०१७ को आईसीसीले नै आयोजना गरेको च्याम्पियन्स ट्रफीको फाइनलमा भने पाकिस्तानले भारतलाई फाइनलमा पराजयका स्वाद चखाउँदै उपाधि जितेको थियो।