विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनल प्रवेश गरेको छ।
कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा एपीएफ क्लबलाई पाँच विकेटले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो।
पहिले ब्याटिङ गरेको एपिएफले २२ ओभर एक बलमा सबै विकेट गुमाउँदै ४१ रन बनाएको थियो।
४२ रनको लक्ष्य पछ्याएको पुलिसले ९ अभर तीन बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। उसका लागि पवन सर्राफले २१ र दिपेन्द्रसिह एरीले १३ रन बनाए।पुलिसले फाइनलमा शनिबार त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।