काठमाडौंमा जारी प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले गन्डकी प्रदेशललाई ४ विकेटले पराजित गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गन्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९० रनको सामान्य लक्ष्य दिएको थियो । ९० रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
सुदूरपश्चिम प्रदेशको जितमा आकाश चन्दले अविजित २९ रनको योगदान दिए भने नरेन्द्र साउदले अविजित २३ तथा लोकेश बामले १५ रन बनाए ।
बलिङतर्फ गन्डकी प्रदेशका किशोर महतोले ३ विकेट लिँदा विपिन खत्रीले २ तथा दीपेश श्रेष्ठले १ विकेट लिए ।त्यसअघि, पहिले ब्याटिङ गरको गन्डकी प्रदेश २०.४ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटिएको थियो ।
गन्डकी प्रदेशका लागि राहुल शर्माले सर्वा्धिक ४१ रन जोडे भने किशोर महतोले १४ रन तथा आकाश थापाले १२ रन जोडे । गन्डकी प्रदेशलाई सस्तैमा समेट्नेक्रममा सुदूरपश्चिमका विनोद लामाले व्यक्तिगत ५ विकेट लिएका थिए ।
जितसँगै समूह ‘क’मा रहेको सुदूरपश्चिमले ४ खेलबाट ३ अंक जोड्यो । पराजित गन्डकी प्रदेश जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो । समूह ‘क’बाट प्रदेश नम्बर–३ र एपीएफ सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।