टनह्याम हट्सपरलाई हराउँदै लिभरपुलले यो वर्षको युएफा च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।
गएराति स्पेनको मड्रिडमा भएको फाइनलमा लिभरपुल २–० ले विजयी भयो । लिभरपुलका लागि मोहमद सलाह र डिभोक ओरिगीले एक–एक गोल गरे ।
खेलको पहिलो मिनेटमै सलाहको पेनाल्टी गोलमा लिभरपुलले अग्रता बनाएको थियो । ८७ औं मिनेटमा ओरीगीले एक गोल थप्दै लिभरपुलको जित पक्का गरे । गएरातिको जितसँगै लिभरपुल छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।
साथै उसले अघिल्लो सिजनको फाइनलमा रियाल मड्रिडसँग भोगेको हारको पीडा पनि भुलाएको छ । उता पहिलो पटक फाइनलमा पुगेको टोटनह्यामका लागि भने गएरातिको खेल अनुभवमा मात्रै सिमित बन्यो ।