वेष्ट इण्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटको ड्राफ्ट आज लण्डनमा आयोजना हुँदैछ।आगामी सिजनको सीपीएलका लागि नेपाली समय अनुसार राती पाैने ८ बजेपछि सुरु हुने ड्राफ्टमा नेपालका चार खेलाडी परेका छन्।
यस पटकको ड्राफ्टमा कीर्तिमानी ५ सय ३६ बिदेशी खेलाडीले स्थान बनाएका छन्। नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने, तीब्र गतिका बलर सोमपाल कामी, अलराउण्डर दिपेन्द्र सिंह ऐरी र ब्याट्सम्यान रोहित कुमार पौडेल ड्राफ्टमा अटाएका छन्। सन्दीप दोस्रो पटक ड्राफ्टमा परेका हुन्। सन्दीपले गत सिजनको सीपीएल सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट खेलेका थिए।
गत सिजन सीपीएलमा सन्दिपले ५ खेल खेल्दै १०६ रन खर्चेर ७ विकेट लिएका थिए।अन्य ३ खेलाडी पहिलो पटक परेका हुन्।
अघिल्लो सिजन सन्दीपको प्रदर्शन र अन्तराष्ट्रिय खेलमा गरेको प्रदर्शनको कारण तीन खेलाडीको सीपीएल टिममा पर्ने सम्भावना रहेको छ।यस संस्करणको सीपीएल आगमी जुलाई ११ देखी अगष्ट १६ सम्म हुनेछ। जसमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।