क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट प्रतियोगिताको ड्राफ्ट सूचीमा ४ नेपाली खेलाडी अटाएका छन् । भर्खरै आइपीएल खेलेर फर्किएका सन्दिप लामिछानेसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहित पौडेल सूचीमा समेटिएका हुन् ।
ड्राफ्टमा परेका २१ देशका ५ सय ३६ खेलाडीमध्येबाट कुल ६ टिमले अन्तिम खेलाडीको छनोट मे २२ मा गर्नेछन् । यसपालिको ड्राफ्टमा इंगल्याण्डका जोफ्रा आर्चर, बंगलादेशका सकिब अल हसन, दक्षिण अफ्रिकाका जेपी डुमीनी, अफगानिस्थानका रसिद खानका साथमा घरेलु वेस्ट इन्डिज्का एन्ड्रे रसेल, सुनिल नारिन, साइ होप, सिमरन हिटमायर आदि छन् ।
सीपीएलको सातौं संस्करण आगामी सेप्टेम्बर ४ देखि अक्टोबर १२ सम्म आयोजना हुँदैछ । गत वर्ष डुवायन ब्राभो नेतृत्वको ट्रिनबागो नाइट राइडर्सले लगातार २ सिजन उपाधि हात जमाएको थियो । यसवर्ष पनि सीपीएलमा ६ वटा टोली सहभागी हुने जनाइएको छ ।