मुम्बई इन्डियन्सकी मालिक निता अम्बानी आफ्नो टीमले इण्डियन प्रिमियर लीग (आइपीए) जितेपछि खुसी साट्न ट्रफी बोकेर मन्दिर पुगेकी छिन् । हालै सम्पन्न इण्डियन प्रिमियर लीग (आइपीए) को उपाधि माथि कब्जा जमाएपछि उनी भगवानसँग खुसी साट्न पुगेकी हुन् ।
सडकमा प्रशंसकहरुलाई ट्रफी उचालेर देखाउँदै निता मन्दिर पुगेकि थिइन् । ट्रफी बोकेर उनले गणेश, विष्णु भगवानको पाउमा राख्दै ब्राह्मणहरुको मन्त्रोचारणसहित प्रार्थनासमेत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय धनाढ्य मुकेश अम्बानीको स्वामित्वमा रहेको मुम्बईले गत आइतबार हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको रोमान्चक फाइनलमा अघिल्लो संस्करणको विजेता चेन्नाई सुपरकिङ्लाई एक रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो । सन् २०१३ मा पहिलो पटक उपाधि जितेको मुम्बईले त्यसपछि हरेक २ वर्षमा उपाधि हात पार्दै आएको छ ।
सन् २०१५ मा दोस्रो पटक विजेता बनेको मुम्बईले २०१७ मा पनि उपाधि आफ्नो पोल्टामा पार्यो। चौथो पटक विजेता बनेको मुम्बईको प्रायः सबै खेल हेर्न अम्बानी उपस्थित हुन्थिन् । गत आइतबार सम्पन्न फाइनल खेलमा पनि निता प्रत्येक समय टिमको खुसीको कामना गरिरहेकी देखिन्थिन् ।