आईसीसी यू– १९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४६ ओभरमा सम्पूर्ण विकेट गुमाएर २८२ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ९५ रन बनाएका थिए । पौडेलले १ सय ५ बलमा १ छक्का र ७ चौका प्रहार गरेका थिए । त्यसैगरि पवन शर्राफले ४७ रन बनाएका थिए भने रसिद खानले ४८ रनको योगदान गरेका थिए । कमल सिंह ऐरीले ३२ र भीम सार्कीले २६ रन बनाएका थिए । सिंगापुरका अथर्व गुनेले ४ विकेट लिएका थिए ।
जवाफमा ब्याटिङ उत्रिएको सिंगापुर ६५ रनमा समेटिएको थियो । ३१ ओभर खेलेको सिंगापुरलाई सस्तेमा आउट गर्ने क्रममा नेपालका पवन शर्राफले ३ विकेट लिएका थिए । त्यसैगरि कुशल मल्ल र सुर्य तामाङले २–२ विकेट हात पारेका थिए । सिंगापुरको लागि अथर्भ गुनेले ४ विकेट लिए । यस्तै राउल शर्मा र भिनित मेहताले समान २–२ विकेट लिए ।