रामेछाप जिल्लाको उमाकुण्ड गाँउपालिकाका जेष्ठ दम्पतीले समाज सेवामा करोडौं खर्चिएका छन् ।
उमेरले ८५ बर्ष पुगेका मान बहादुर सुनुवार र ७७ बर्षिया दालकुमारी सुनुवारका दम्पतिले गाउँमा शिक्षा, स्वास्थ्य, वडा कार्यालय भवन निर्माणका लागि निशुल्क जग्गा दिएका छन् भने पशुपति मन्दिर निर्माणमा लाग्ने खर्च पनि आफैं व्यहोरेका छन् ।
उनीहरुले भर्खरै मात्र ३५ लाखको लगानीमा रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ६ गुप्तेश्वरमा पशुपति मन्दिर निर्माण गरेका छन् । ति दम्पती मध्ये दालकुमारी पुर्व सभासद तथा राज परिषद सदस्य एबं सुनुवार सेवा समाजकी बर्तमान केन्द्रीय अध्यक्ष हुन् भने उनका श्रीमान मान बहादुर भुतपुर्वृ लप्टन हुन् ।
लामो समय देखि नै सामाजिक विकासमा सक्रिय रहदै आएका आएका सुनुवार दम्पतीले यस अघि गाउँमा खुलेको स्वास्थ्य चौकी भवनका लागि ४ रोपनी, बिद्यालयको लागि ६ रोपनी तत्कालिन गाबिस का लागि २ रोपनी र मन्दिर निर्माणका लागि साढे १ रोपनी जग्गा निःशुल्क दिएका थिए । यी वाहेक धेरै काम आफ्नै खर्चमा गरिरहेका सुनुवार दम्पतीले अहिले जिल्लामै नमूना देखिने गरी पशुपति नाथको मन्दिर निर्माण गरेका छन ।
सुनुवार दम्पतीले निःशुल्क उपलब्ध गराएको जग्गामा स्वास्थ्य चौकी, कैलेश्वर मा बि र वडा कार्यालय भबन निर्माण गरी सञ्चालनमा आएको छ । मन्दिर निर्माण पश्चात एक औपचारिक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले मन्दिरको उद्घाटन गरेका छन् ।
मन्दिर उद्धघाटन समारोहमा प्रमुख अतिथिका रुपमा रहेका शेर बहादुर सुनुवारले उद्धघाटन समारोहमा बोल्दै विकास निर्माणले मात्र मुलुकमा समृद्धि नआउने भएकाले आध्यात्मिक क्षेत्रमा समेत लागि परे मुलुकमा शान्ति अमचयन कायम भइ समृद्धिको सास फेर्न पाउने बताए ।
मुलुकमा धार्मिक सहिष्णुता कायम गर्न नसक्ने हो भने समस्या आउने सक्ने अवस्था भएकाले धार्मिक विभेद अन्त्य गरी धार्मिक हिसाबले समेत सामाजिक सदभाव कायम गर्नु पर्ने र सामाजिक सेवामा नै सन्तुष्टी मिल्ने बताए ।
सो अबसरमा बोल्दै पुर्व सभासद दालकुमारी सुनुवारले पछिल्ला दिनमा मुलुकमा हिन्दु धर्म लोप हुने अवस्थामा पुगेर र बिदेशी धर्मले हस्तक्षेप गर्न लागेको यस अवस्थामा हिन्दु र बौद्ध धर्मको संरक्षण गर्न र सबै धर्मका अनुयायीहरु बीच धार्मिक सदाचार कायम गर्ने सन्देश प्रदान गर्नका लागि पनि मन्दिरको निर्माण गरिएको बताइन ।
उमेरका हिसाबले बुढेसकाल लागे पनि गाउँ पंचायत देखि बर्तमान संघीय संरचना भोगेका सुनुवार दम्पती सामजिक सेवा गर्न अझै आफूहरुलाई नपुगेको बताउछन् ।
सुनुवार दम्पतिले जिल्लाको दुर्गम गाउ उमाकुण्ड गाउपालिका ६ गुप्तेश्वरमा अझै सामाज सेवा गर्ने उद्घोष गरेका छन ।
त्यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनका लागि मन्दिर परिसरमा आवास शौचालय र होमस्टेको समेत विकास गरी पाहुनाहरुका लागि सुविधायुक्त धार्मिक गन्तव्य बनाउने आफुहरुको गुरुयोजना रहेको सुनुवार दम्पतिले जानकारी दिए । उनीहरुको चाहना पुरा गर्न उनीहरुका छोरा बुहारीहरुले समेत साथ दिदै आएका छन् ।