मकवानपुर प्रहरीले १० महिनाको अबधिमा १८३ वटा मोबाइल फेला पारी सम्बन्धित मोबाइल धनीलाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २०७५ साल बैशाख महिनादेखि माघ महिनासम्ममा १८३ वटा मोबाइल फेला पारिएको हो । विभिन्न कालखण्डमा हराएको तथा चोरिएको मोबाइलहरु खोजी गरी पाउँ भनी मोबाइल धनीहरुले दिएको निवेदनउपर कारबाही हुँदा मोबाइलहरु फेला पारी सम्बन्धित व्यक्तिहरुलाई नै बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सामसुङ, जीओनी, ओप्पो, नोकिया लगातका कम्पनीका मोबाइलहरु फेला परेका हुन् । यसैबीच जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार १८ वटा मोबाइल सम्बन्धित मोबाइल धनीलाई बुझाएको प्रहरी निरीक्षक तथा प्रवक्ता मधुकुमार थापाले बताए ।